सबै वडा
संक्षिप्त विवरण
साइपाल गाउँपालिका वडा नं. ४ बझाङ जिल्लाको उत्तरी उच्च हिमाली क्षेत्रमा अवस्थित प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताले सम्पन्न दुर्गम वडा हो। साविक काँडा गाउँ विकास समितिका वडा नं. ६ र ७ समेटेर गठन भएको यस वडाको क्षेत्रफल ३९१.९८ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या ६७६ जना रहेको छ। उच्च हिमाली भूगोल, मौलिक संस्कृति, कृषि, पशुपालन, जडीबुटी तथा प्राकृतिक सम्पदा यस वडाका प्रमुख विशेषता हुन्। सडक, स्वास्थ्य, शिक्षा, सञ्चार, ऊर्जा तथा खाद्यान्न आपूर्तिको क्षेत्रमा चुनौती रहे पनि हिमाली पर्यटन, जडीबुटी, पशुपालन तथा कृषि क्षेत्रको विकासमार्फत स्थानीय रोजगारी र आयआर्जन वृद्धि गर्ने प्रशस्त सम्भावना रहेको छ। दिगो पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवर्द्धनमार्फत वडा नं. ४ लाई आत्मनिर्भर, समृद्ध र सुशासित वडा बनाउन सकिने आधार रहेको छ।
आधारभूत जानकारी
जयसिं रोकाया
9868410247
ward4.saipalmun@gmail.com
साइपाल गाउँपालिका ४ धुलि बझाङ
वडा तथ्याङ्क
जनसंख्या
676
घरधुरी
115
क्षेत्रफल
391.98